काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको सेयर मूल्य समायोजन गरेको हो ।
नेशनल लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनसका आधारमा मूल्य समायोजन भएको हो । लघुवित्तको नयाँ सेयर मूल्य १३५५.८० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेप्सेले ङादी ग्रुपले जारी गर्ने १०० प्रतिशत हकप्रदका आधारमा सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि ङादीको नयाँ सेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा मंगलबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्ने छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।