काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन भएको छ।राष्ट्रिय परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो।
बोर्डका अनुसार परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।
यसैगरी, दुई जनाको परीक्षाफल रद्द भएको छ भने तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।गत भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो।

 
		    		 About Us
                        About Us
Comment