add

त्रिविको परीक्षामा एआईको प्रयोग गरिएको भेटिए परीक्षा रद्द हुने






ActPro Nepal

|

८ असोज, २०८१

|
71

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ।

विश्वविद्यालयको त्रि.वि.परीक्षा सुधार समितिको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो।

समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीका अनुसार त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रि.वि.अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.