add

सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछुः पाकिस्तानका लागि प्रस्तावित राजदूत धिताल






ActPro Nepal

|

१७ भदौ, २०८१

|
201

काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छन्।

सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उहाँको योजना छ। सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रष्ट भएकाले उल्लेख गर्दै आफूले सोही अनुसार काम गर्ने बताइन्।

उनले सार्कको क्षेत्रीय राष्ट्रहरुबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरुले स्विकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने बताइन्।

उनले भनिन, ‘सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ। र नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो। र राजदुतको रुपमा मेरो पनि पहल त्यही नै रहनेछ। सार्कका धेरै संस्थाहरु सृजना भएका छन। यसमा गर्न सकिने सहयोगका क्षेत्रहरु आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो।

त्यसैले यो संस्थालाई क्रियाशील बनाउनेमा नेपाल सरकारको धारणा अनुरुप नै मेरो पनि पहल हुनेनैछ। सार्कप्रति नेपालले राखेको महत्व र अहिलेका अध्यक्षको रुपमा नेपालले गर्दै आएको भुमिकालाई फेरि पनि दोहोर्‍याउँदै हरेक दुई पक्षीय भ्रमणमा सार्क बैठकलाई सुचारु गराउने विषय हाम्रो तहको नेतृत्वमा उठने गरेको छ। कोभिड कालमा क्षेत्रीय सहयोगको कति जरुरी थियो भन्नेकुरा थाहा भएकै विषय हो। त्यसैले सार्कलाई अघि बढाउनेमा नेपाल सरकारको प्रष्ट धारणा छ। र नेपाल सरकारको धारणा अनुरुप नै त्यसलाई पहल गर्नेछौं।’

प्रश्तावित राजदुत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.