add

चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि सचिव






ActPro Nepal

|

९ वैशाख, २०८२

|
78

पोखरा। सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो। सचिव अर्जुन पोखरेलले अवकाश पाएपछिको रिक्त पदमा पौडेलको बढुवा भएको हो।

बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो।

उनीसहित सहसचिव शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो।

स्याङ्जा घर भएका पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। राजश्व प्रशासनकी क्याडर पौडेल गण्डकीको अर्थ सचिव भइसकेकी छन्।

यसैगरी बैठकले रिक्त रहेको भूमि व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ। कोसी प्रदेशको प्रमुख सचिवमा कार्यरत उनलाई सरकारले एक वर्षपछि सिंहदरबार ल्याएको हो। बागलुङका शर्मा पनि गण्डकीका पूर्व सचिव हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.