add

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले जित्यो युरोकपको उपाधि






ActPro Nepal

|

३२ असार, २०८१

|
209

काठमाडौं ।  युरोकप उपाधि स्पेनले जितेको छ। आइबार राति जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई २-१ले हराउँदै स्पेनले उपाधि जितेको हो।

यो स्पेनको चौथो युरोकप उपाधि हो। योसँगै स्पेन युरोकपको सर्वाधिक उपाधि जित्ने टिम बनेको छ। यसअघि स्पेनले सन् २००८ र सन् २०१२मा लगातार उपाधि जितेको थियो भने १९६४मा पहिलो उपाधि जितेको थियो।

यता, इंग्ल्यान्ड भने लगाचार दोस्रो पटक फाइलन पुगेर पनि उपाधि जित्न असफल भयो। अघिल्लो पटक ऊ फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

स्पेनलाई जित दिलाउने क्रममा निको विलियम्स र मिकेल ओयासाबेलले गोल गरे भने इंग्ल्यान्डका लागि कोल पाल्मरले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै स्पेनले अग्रता लियो। ४७औं मिनेटमा लामिन यमालको पासमा विलियम्सले गोल गरेका थिए।

७३औं मिनेटमा इंग्ल्यान्ड बराबरी गोल फर्कायो। जुड बेलिङघमको पासमा पाल्मरले डिबक्स बाहिरबाट गोल गरेका थिए।

८६औं मिनेटमा स्पेनले फेरि अग्रता बनायो। काउन्टरमा कुकुरेलाको क्रसमा ओयासावेलले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा स्पेन च्याम्पियन बन्यो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.