add

तपाई भ्यालेन्टाइन डे को दिन कता जाने अलमलमा हुनुहुन्छ ? हेर्नुस् यो सूची






ActPro Nepal

|

२ फागुन, २०७९

|
990

काठमाडौं । प्रेमी–प्रेमिकाका लागि एउटा विशेष उत्सव हो भ्यालेन्टाइन । मनले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई मायाका भावहरु भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गरिन्छन् ।

भ्यालेन्टाइन कसरी मनाउने ? पक्कै पनि अधिकांस प्रेमी–प्रेमिकाकाको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने पहिलो प्राथमिकतामा परेको होला । भ्यालेन्टाइन नै भनेर घुम्नको लागि टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ ।

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । 

त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । यी हुन् राजधानीमा रमाईलो गर्ने ठाँउहरु । यीनै गन्तव्यहरु मध्ये केही गन्तव्यका बारेमा जानकारी लिनुहोस्

ककनी

डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिईन्छ । 

ट्राउट माछाको स्वादसँगै मायाँको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ ।

काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरु छन् । 

बासका लागी पनि सुविधायुक्त होटहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

बालाजुपार्क– बालाजु

बाईपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ। 

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले आकर्षण गर्छ। 

त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

टौदह

काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्टाउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थानअत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ । 

काठमाडौंको पुरानो बसपार्कबाट दक्षिककालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ । 

पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छाया देख्न पाइन्छ । 

चन्द्रागिरि

‘भ्यालेन्टाइन डे’को दिन आफ्नो जोडीसँग हाइकिङ जान रुचाउँनेले पदयात्रा गरेर चन्द्रागिरि पुग्न सकिन्छ । लगभग एक घण्टाको उकालोपछि २५ सय मिटर अग्लो चन्द्रागिरि पुगिन्छ । 

चन्द्रागिरिबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पालगायत धेरै हिमशृंखला छर्लंगै देखिन्छ । प्रशस्त होटल, क्याफे उपलब्ध भएको चन्द्रागिरिमा भालेश्वर मन्दिर पनि छ । फर्किंदा केबुलकार चढेर आनन्द लिन सकिन्छ ।

गोदावरी

परिवारिक घुमघाम र प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रुपमा लिईन्छ । 

यहाँ माया साट्नेहरुको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरु थुप्रै भेटिन्छन् । 

गोदावरीस्थित बोटानिकल गार्डेन आजकल आकर्षक गन्तव्य बनेको छ । फूल, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ।

त्रिभुवन पार्क

थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको एक चर्चित थलो हो । 

हरियाली जंगलको स-साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर-चिर्बिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ । साथीभाईहरुसँग जमघट गरेर पिकनिक गर्ने गर्नका लागि यो पार्क उपयुक्त छ। 

यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । 

कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ । पार्क सुनसान र रमणीय भएकाले जोडीहरुले भ्यालेन्टाइन स्पटका रुपमा छनोट गर्न सक्छन् ।

सदर चिडियाखाना

जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा भुलिने गर्छन ।

धुलिखेल

धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ। दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

सेतो गुम्बा

काठमाडौंको रामकोट-८ डाँडा गाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन । 

यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।

नगरकोट

काठमाडौंबाट करिव ३५ किमीको दुरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाईमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् । 

त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ । मनोरम हिम श्रृंखलाले तपाइको जोडीलाई थप प्रेमभास दिलाउछ ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

चोभार

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।

जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ ।

भोटेचौर 

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमापरिवारिक घुमघामको लागि राम्रो मानिन्छ। 

चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टनाइ अविस्मरणीय हुन्छ।

ललितपुरको बज्रवाराही

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । गुमनाम भएर छताछुल्ल मायाँ पोख्न चाहनेहरुका लागि उत्तम गन्तब्य हो बज्रबाराही ।

उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ । 

प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

चिसापानी

नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । 

घना जंगल र तामाङ बस्तीहरुको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ।

गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ। 

एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरु छन् । हाइकिङ गर्दै भ्यालेन्टाइनलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो।

इन्द्र सरोबर

घुम्नका लागी उपयुक्त स्थान विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) रोज्ने गन्तब्य हो। 

तालमा काठका डुंगा सयर गरेर रमाउन जोडीहरु यहाँ पुग्छन । माछाका परिकारहरु खानका लागी धेरैको रोजाइमा कुलेखानी पर्छ। 

काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ।

स्वप्न बगैंचा

पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहाँसक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । 

यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । 

विदेशीहरुको रोजाइमा पर्ने बगैंचा नेपालीहरुको पनि उत्तिनै भिड लाग्छ । सामान्यतः यहाँ प्रवेश गर्न एकसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।

भृकुटी मण्डप पार्क

भृकुटी मण्डप सँगै रहेको पार्क जोडीहरुका लागि उपयुक्त जक्सनका रुपमा चर्चित छ । विशेष गरी व्यावसायीक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डप डेटिङको लागि पनि रोजाईमा पर्ने गरेको छ ।

धुलिखेल धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ।

सुन्दरीजल

नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । 

प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । 

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यो ठाउ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको यो ठाउमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागी उचित सुबिधाहरु उपलब्ध छन ।

पशुपति क्षेत्र

हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर क्षेत्र पनि जोडीका लागि एक उपयुक्त स्थान हो । यस आसपास रहेको बनकाली, मृगस्थली स्थानहरुमा जोडीको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । हरियाली क्षेत्रले धेरै जोडीलाई यहाँ आकर्षित गर्छ ।

स्वयम्भु परिसर

बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भु पनि दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । 

धार्मिक स्थल परिसरका रमणीय स्थलहरु प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । 

त्यसमध्ये काठमाडौं शहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भु शहरको रमणीय दृश्यावलोकन साथै शितलतामा रमाउन सकिन्छ ।

फूल्चोकी

२८ सय मिटरको अग्लो फूल्चोकी पुग्न गोदावरीबाट उकालो चढ्नुपर्छ । फूल्चोकीको टुप्पोबाट काठमाडौं उपत्यका छर्लंगै देखिन्छ । यहाँबाट हिमालका चुचुरादेखि तराईका समथर सुन्दर फाँटको गरी फूल्चोकी माईको दर्शन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस :

भ्यालेनटाइन डे (प्रणय दिवस ) प्रेम एक अनुभूति

“भ्यालेन्टाइन डे” समन्धि रोचक जानकारी



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.