add

म्यादी प्रहरीमा भर्ना खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?






ActPro Nepal

|

२६ भदौ, २०७९

|
886

काठमाडौं ।  सरकारले आगामी हुने आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरीमा भर्ना आहृवान गरेको छ। 

प्रहरीको प्रधान कार्यालय नक्सालले शनिबार सूचना प्रकाशित गरी एक लाख १५ हजार  म्यादी प्रहरीको भर्ना आहृवान गरेको हो । म्यादी प्रहरीमा ७७ वटै जिल्लाबाट युवायुवतीले आवेदन दिन सक्नेछन् ।

सूचना अनुसार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन दिन सकिनेछ । 

यस्तै, म्यादी प्रहरीका लागि दरखास्त हाल्ने नागरिक कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहराएको र राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ । यस्तै शारीरिक तथा मानसिक रुपले तन्दरुस्त रहेको हुनुपर्नेछ । शैक्षिक योगयता सामान्य लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिने बताइएको छ । यस्तै पूर्व वन रक्षकलाई पनि प्राथमिकतामा राखिनेछ । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरु प्रथामितामा पर्नेछन्।

यस्तै, विदेशमा सुरक्षाका निकायमा काम गरि सेवा निवृत्त भएका नेपाली पूर्व सुरक्षाकर्मी र विगतको संविधानसभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भइ काम गरेका व्यक्तिहरुलाई पनि प्राथमिकतामा दिने नेपाल प्रहरीले जनाएको छ ।

देशभर रहेका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा प्रहरी म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ।

म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

हेराैं सूचना:



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.