काठमाडौं । नेपाली फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘छुकछुक रेलगाडी’ बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीतमा शैलेश कँडेलले लेखेका हुन्।
आगामी भदौ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक गीत प्रताप दास र अस्मिता अधिकारीले गाएका छन्। गीतमा संगीत रेवन सिंहको सुन्न सकिन्छ।
सार्वजनिक गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन्।
कमल राईको नृत्य निर्देशन रहेको गीतको भिडिओ इलाम लगायत पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ।
पैसाका लागि मातृत्व सुम्पने सरोगेसीको कथामा निर्माण भएको यो फिल्म रञ्जित रौनियारले निर्देशन गरेका हुन्।
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा नीरक पौडेलले लगानी गरेका छन्। सौगात र श्रृष्टिका साथमा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी लगायतका कलाकार पनि फिल्ममा देखिने छन्।
भिडिओ :

 
		    		 About Us
                        About Us
Comment