नुवाकोट । विदुर नगरपालिकाको मतगणना जारी रहँदा गठबन्धनका उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् ।
५ सय मत गण्ना हुँदा गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका श्रेष्ठले १८७ र एमालेका उम्मेद्धवार सञ्जु पण्डितले १५९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाकी शुशिला खड्काले १६ मत प्राप्त गरेकी छिन् ।
यस्तै उप–मेयरमा एमालेकी अम्बिका नेपालले १४३ मत प्राप्त गर्दा गठबनधन दलको तर्फबाट माओवादी केन्द्रकी प्रभा बोगटी १०७ मत प्रापत गरेकी छिन् । यस्तै राप्रपाका कुल वहादुर खड्कीले ६५ मत प्राप्त गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।