add

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न, १३ जिल्लाको वडा अधिवेशन अझैँ अन्योलमा






ActPro Nepal

|

१ असोज, २०७८

|
872

काठमाडौंं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्य छनोटमा विवादित बन्दै सुरु भएको अधिवेशनमध्ये हालसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन सकिएपनि अझैँ १३ जिल्लाको वडा अधिवेशन भने अन्योल नै रहेको छ ।

कांग्रेसले काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियाजिल्लामा असोजको पहिलो साता सम्पन्न गर्ने जनाएको छ । तर, सदस्यको नामावली नै टुंगो नलागेका १३ जिल्लामा भने कहिले अधिवेशन हुने भन्ने टुंगो लागेको छैन ।

क्रियाशील सदस्यता सार्वजनिक नभएका १३ जिल्लाअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलाली रहेका छन् । यसअघि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशन सम्पन्न भए पनि पुनः अधिवेशन गर्न कांग्रेसको पौडेल समूहको माग छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.