काठमाडौं । सरकारले आयत गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, बाँके कोहलपुरका ३६ वर्षीय राजु पौडेल, शक्ति माता स्टोरका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।
सरकारले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि महानगरीय अपराध महाशाखाले चार जनालाई नियन्त्रणमा लिएको हो।
काठमाडौंको न्यूरोड,सिनामंगल, पुरानो बानेश्वर, कपन लगायत क्षेत्रमा रहेका होलसेलबाट २ सय २ कार्टुन (४८४८ वटा) प्रतिबन्धित रेडबुल समेत बरामद गरेको महाशाखाले जानकारी दिएको छ।
सरकारले २०७६ असार देखि नेपालमा क्यापिनयुक्त रेडबुल बिक्री गर्न बन्देज लगाएको छ।
पक्राउ परेका व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।