add

ज्योति विकास बैंक र क्यानबीच डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सम्झौता






ActPro Nepal

|

२७ असार, २०७८

|
920

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), र ज्योती विकास बैंक ले देशभर सुचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन् ।

नेपालका विभिन्न स्थानमा सुचना तथा संचार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्तरुपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्ने छन् । त्यसका लागि क्यान महासंघ र ज्योती विकास बैंकले शुक्रबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै ज्योती विकास बैंकले क्यान महासंघमा आबद्ध उद्यमी र व्यवसायी सदस्यहरु तथा सदस्य संस्थामा कार्यरत कर्मचारीहरुलाई १५ लाख रुपैयाँसम्मको कर्जा, लघुउद्यम कर्जाका साथै व्यावसायिक कर्जामा सहुलियत प्रदान गर्ने बताईएको छ । साथै, समझदारी पत्रमा उल्लेख भए अनुसार बैंकले अन्य सबै प्रकारका बैंकिङ सेवा तथा सुविधाहरु सकेसम्म सहज र सहुलियत रुपमा उपलब्ध गराउने छ ।

सन १९९२ मा स्थापित क्यान महासंघको ७ प्रदेश तथा उपत्यका बाहिर ७० जिल्लामा उपस्थिति रहेको छ भने ज्योती विकास बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउण्टर र ६१ एटीएमबाट बैंकिङ सेवा दिंदै प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.