add

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुमा थुप्रियो निक्षेप






ActPro Nepal

|

२२ असार, २०७८

|
843

काठमाडौं । कोरोना र निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित हुँदा वाणिज्य बैकहरुको कर्जा लगानीको तुलनामा निक्षेप थुप्रिएको छ ।

निषेधाज्ञाको अवधिमा वाणिज्य बैंकहरु कर्जा लगानीमा भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक सातामा नै बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी जम्मा १५ अर्बले बढाएका छन् ।

संघले १८ गतेसम्मको मात्रै तथ्यांक सार्वजनिक गरेको हो। यो अवधिमा बैंकहरुको निक्षेप ३९ खर्ब ९९ अर्ब रुपैयाँबाट बढेर ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जुन असारको पहिलो सातामा ३९ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै थियो ।

बैंकहरुले असारको तेश्रो सातामा ३६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उनीहरुले अघिल्लो साता ३६ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

असार अन्त्य हुँदै गर्दा दिनप्रतिदिन सरकारी खर्च बढेको देखिन्छ। ज सकारण अहिले बैंकहरुमा समेत निक्षेप बढिरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.