add

‘आइसोलेसन निर्माणमा अवरोध’ शीर्षकको भ्रामक समाचार प्रति जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको आपत्ती






ActPro Nepal

|

२५ वैशाख, २०७८

|
3118

काठमाडौं ।  ‘आइसोलेसन निर्माणमा कृष्णदासको अवरोध’ शीर्षक सम्बन्धि गलत समाचार प्रवाह गरिएको भन्दै जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले आपत्ती जनाएको छ ।

शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर पीठले केही मिडियाहरुले जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठप्रति भ्रम फैलाउने किसिमका समाचारहरु योजनाबद्ध ढङ्गले प्रसारण गर्न थालेको समेत जनाएको छ ।


यस अघिको कोरोनाकालमा आइसोलेसन, क्वारेन्टाइन संचालन गरी होल्डिङ् सेन्टरको रुपमा हजारौं मानव सेवा गरेको अवगत गराउँदै यसपटक उक्त समाचार सुनियोजित र षड्यंत्रपूर्वक ढंगले गलत र भ्रामक भएको ठहर गरेको हो ।


कुनै समयमा सिंचाई प्रोजेक्टको कार्य भइरहँदा डम्पिङ् साइडको रूपमा प्रयोग भएको स्थान, चतरा नगरबासीहरूले फोहोर फाल्न प्रयोग गरेका थिए ।

दिनको समयमा हिड्दा नै स्याल कराउने स्थान,मानिस उक्त स्थानबाट हिड्न डराउने सबैतिरबाट उपेक्षित स्थानलाइ जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य (महायोगी सिद्धबाबा) को एकल प्रयासमा आज उक्त उपेक्षित स्थान वराहक्षेत्र चतरा स्थित जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीरामतारक ब्रम्हपीठ)को नाममा विश्वव्यापी रूपमा जय जयकार हुने एक दिव्यतीर्थको रूपमा परिणत भएको छ ।

हाल देखिएका सुन्दर बगैंचा तथा भवनहरू र नेपालकै अग्लो प्रतिमाको रूपमा ख्याती प्राप्त श्रीहनुमानजीको प्रतिमा एवं ७०७ बर्ष पश्चात धर्तिमै दोस्रो पटक र नेपालमा प्रथम पटक जगद्गुरू महायोगी सिद्धबाबाकै सत्संकल्पमा १२०० साधकहरूद्धारा १ अर्ब ६० करोड श्रीराम तारक मन्त्रराजको हवनार्चन गरी एक जाग्रत भूमी र दिव्य तीर्थधामको रूपमा हाल विश्वभरनै वराहक्षेत्र चतराधाम परिचित छ ।

गत बर्षको कोभिड उचाइमा पुगेको अवस्थामा कयौं स्थानमा क्वारेन्टिनको व्यवस्था समेत गर्न नसकेको बेला प्रदेश १ मा भने जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ गतिलो उदाहरणको रुपमा देखिएको थियो ।

क्षतिग्रस्त परिएको धारा । कुनै समानाको क्षतिभएर क्षति भएका वस्तुको उचित भरपाइ गर्ने सहमति थियो ।

भक्तजनको परिश्रम र पसिनाको थोपाबाट संकलित रकमले निमार्ण गरेको आश्रमको पूर्व पटि रहेको जानकी निलयम भवन एटेज ट्वाइलेट वाथरूम सहितको ६० कोठा ‘होल्डिङ् केन्द्र’ र आइसोलेसन लाई र दक्षिण पटिको आठ हजार स्क्वाएर फिटमा फैलिएको साधना हल र ५० वटा ट्वाइलेट वाथरूम सहित नेपाली सेनाको बसोबासका लागी भन्दै २०७७ जेष्ठ महिनादेखी फाल्गुण महिनासम्म पुरा १० महिना निःशुल्क रूपमा सेवा भावले दिइएको थियो ।

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ र जन निर्वाचित प्रतिनिहरुको छलफल(भिडियाेसहित)

जानकी निलयममा बसोबास गरि आएका भक्तहरूले राज्यलाइ परेको संकटको अवस्थामा आफूहरू अन्यत्रनै सरी भवन खाली गरिदिए र आश्रममा बसोबास गरिआएका बालकदेखी वृद्ध सम्मका व्यक्तिहरूलाइ संक्रमण हुन सक्ने कुरालाइ समेत नजर अन्दाज गरी साथै चतराका स्थानियले यहाँ अहिले सम्म कोरोना छैन र यो आश्रमबाट हामी गाउँमा कोरोना फैलाउन दिदैनौं भनि विरोधको बाबजुत पनि पीठद्वारा कोरोना पीडीतहरूका निमित्त भवन उपलब्ध गराइ योगको माध्यमबाट कोरोनाका पिडीतहरूलाइ मनोबल एवं यौगीक उपचार पद्धति द्वारा उपचार गरियो ।

कोरोना पिडीतहरूको लागि भवन हस्तान्तरणको क्रममा पीठ समिति पक्ष र सरकार पक्ष स्थानिय सरकार , प्रदेश सरकार र नेपाली सेना पृतना प्रमुख बसी गत बर्षको कोभिड-१९ को संक्रमण कम भए पश्चातपीठ लाई भवन हस्तान्तरण गर्दा पहिले जस्तो उचित अवस्थामा हस्तान्तरण गर्ने , यदि भवनमा कुनै क्षति भएमा , रंगरोगन विग्रिएमा , ट्वाइलेट वाथरूम लगायतका अन्य कुनैपनि प्रकारको भौतिक क्षति भएमा क्षति भएका वस्तुको उचित भरपाइ गर्ने सहमति भएको थियो ।


गत बर्षको कोभिड उचाईमा पुगेको अवस्थामा आश्रमले २० हजार भन्दा बढी कोभिड पिडितलाई स्थानीय सरकारको अनुरोध र समन्वयमा दश महिना सम्म निःशुल्क बास गरी उपचार गर्ने सुविधा दिएको थियो जस बापत आश्रमको धारा बिजुली लगायतका खर्च सहित त्यहाँ स्थित कोठाहरूको जिर्णता हुनुको साथै ट्वाइलेटमा फोहोर जम्मा गरेर बिना मर्मत अलपत्र अवस्थामा छोडेर गएका थिए ।


स्थानीय सरकारसंग भएको कोरोना नियन्त्रणको बजेट आइसोलेसन राखेको सो आश्रममा प्रयोग गरी तोडफोड भएका बत्ती , पंखा , धारा , कमोट लगायत भवनको मर्मत गर्न स्थानिय सरकारले कुनै चासो नदेखाएको र स्थानिय सरकारलाइ पत्राचार गर्दा, सिडिओ लाइ भेट्नु भन्ने र सिडिओलाइ पत्राचार गर्दा प्रदेश सरकारलाइ भेट्नु भन्ने हानाथापले काम तेरो भाँडो आफल तेरो ठाँडो बन्न गएको गुनासो पिठको रहेको छ ।

हाल फेरि नयाँ भेरियन्स सहितको कोरोना फैलिएको भएर पुनः आश्रमले कोरोना पिडितलाई स्वयं नगर उप प्रमुख लगायत अन्य नगरपालिकाका कर्मचारीहरू एवं पीठका समितिको उपस्थितीमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ सेवा मूलक संस्था भएकोले कोरोना पीडीतहरूलाइ पीठको तर्फबाट अयुर्वेदिक उपचार सहितको सेवा उपलब्ध गराउने तर पहिला प्रयोग भएका भवनका ट्वाइलेटहरूका कमोटमा महिलाहरूले प्रयोग गर्ने प्याड , प्लाष्टिक लगायतका अन्य पाइप लाइ ब्लक गर्ने वस्तुहरूको प्रयोगले पाइप पूर्णरूपमा जाम भइ काम नलाग्ने अवस्थामा रहेको र सो पाइपलाइ फुटाएर अर्को पाइप लाइन जडान गर्नुपर्ने अवस्था भएको साथै वाथरूमा रहेका सावर , धारा , कमोट स्प्रे , कमोटको कभर लगायतका वस्तुहरू प्रयोगमा नआउने गरि नष्ट भएका थिए ।


क्षतिग्रस्त परिएको धारा । कुनै समानाको क्षतिभएर क्षति भएका वस्तुको उचित भरपाइ गर्ने सहमति थियो ।

धारा तोडफोड , पानीको पाइप सिपेज भइ कोठाभरी पानीको पोखरी भएको , सुन्दर र आकर्षक रंगरोगन भएका भित्ताहरूमा भाटा राखी भित्ता कोरीनुका साथै भित्तामा तोडफोड भइ डिसइन्फेक्टेन्टको प्रयोगले रंगरोगन डिस्कलर भएको , र भवन पुनः प्रयोगमा ल्याउन ट्वाइलेट , वाथरूम , पानी , वल्व , पंखा सेफ्टिट्याङ्की आदि भौतिक संरचनाहरूको मर्मत पश्चात मात्र कोरोना पीडीतहरूका लागी बस्न योग्य हुने कुरो स्थानीय सरकारलाई पीठले पुनः जानकारी गराएको तर सो पहिला बस्ने कोरोना पिडितहरुले प्रयोग गर्दा बिग्रेका संरचना बनाउनुको सट्टा अन्यत्रै राख्दा किफायत पर्ने आकलन गरी स्थानीय सरकारले हाल सो आश्रममा कोरोना पिडितहरुलाई नराखी त्यहि नजिकैको एक कलेजमा राखेको छ ।

वराहक्षेत्र चतरा धाममा लहरै रहेका करिब दशवटा आश्रमहरू छन जसमा गत बर्षको कोभिड-१९ मा सबै आश्रमहरूका लागी सरकारले बजेट पठाएको रहेछ तर जगद्गुरू रामानन्दाचार्य सेवापीठ लाइ छोडेर बाँकी सबै आश्रममा बजेट पुर्याइएछ ।

जुन पीठले सेवा गर्यो जाहाँ विसौं हजार कोरोना पीडीतहरूको उपचार भयो त्यो आश्रमका नाममा आएको भत्ता बिचमा नै गायब भयो । बिरामीका उपचारको लागी पठाएको रकम बिचैमा हरायो ।

खाने पानीको लागि भन्दा पाइप लाइन नै काटियो । नेपाली सेनाले ल्याएका खाट , ओड्ने-ओछ्याउने समाग्रीहरू जानकी निलयम भवन पीठलाइ हस्तान्तरण गर्दाको समयमा सेनाले आफ्नै साथमा लिएर गएको र नगरपालीका द्वारा कोरोना पीडीतहरूका लागि भनेर पठाइएका कुर्सी र तकिया,फुटेका बाल्टिन,बिग्रेका इलेक्ट्रिक जग, र पातलो प्लाइ हालेर चार खुट्टा ठोकेको यता उता गर्दा पनि भाँचिने किसिमको जीर्णोदार खाट बारम्बार पीठले नगरपालीका लाइ आएर तपाइहरूको सामान लग्नुहोस र भवन खाली गरिदिनुहोस भन्दा पनि कानमा तेल हालेर बसी २०७८-१- १४ गते श्रीहनुमान जयन्तीका दिन  पीठमा कसैलाइ केहिपनि जानकारी नगराइ केहि गुण्डाहरू आइ सामान राखिएको कोठाको ताला तोडफोड गरी सामान लगेको थाहा पाएपछि नजीकैको प्रहरी थानामा सम्पर्क गरी आश्रममा प्रहरी बोलाएर अनुसन्धान गर्दा थाहा भयो कि ति गुण्डाको शैलीमा आश्रमको ताला तोडफोड गर्ने व्यक्तिहरू नगर अधिकृतबाट खटिएका नगरपालिकाका कर्मचारीहरू प्रमोद यादव लगायतका समूह रहेछन ।

बाँकी समानहरु २०७८ वैशाख २२ गते पीठका समिति , आश्रमका सेवक , शशस्त्र प्रहरी सहितको उपस्थितिमा नगरपालिकाका आइसोलेसन इन्चार्ज प्रमोद यादव,नविन मगर , सुदिप नेपाल , किशोर ताम्राकारका साथमा सो को भरपाई गरि निज नगरपालिकाका कर्मचारिहरूको हस्ताक्षर सहित निजहरूलाइ बाँकी समान जिम्मा लगाइ हस्तान्तरण गरि निजहरूले नै साथमा लिएर गएका छन ।

शसस्त्र प्रहरी को उपस्थितिमा नगरपालिकाका एक कर्मचारीले पीठलाइ बताएका छन कि गत बर्षको कोरोनादेखी आजका दिन सम्म पनि नगरपालिकाको सरसफाइ विभागले आश्रमको सेफ्टिट्याङ्की र आश्रमको फोहोर हो भन्दै अन्यत्रको सेफ्टिट्याङ्की र फोहोर लगेर बाटोमा डम्पिङ्साइड बनाएको र अवतजावत गर्दा दुर्गन्ध आएको ति नगरपालिकाका कर्मचारीले बताए ।

आश्रमले बारम्बार फोन कल गर्दा पनि आउँछौं भन्ने तर नआउने गरेको पीठको गुनासो छ । नैतिकताको विचारनै  जगद्गुरू महायोगी सिद्धबाबा एक स्थितप्रज्ञ साधुको बारेमा अनर्गल टिका-टिप्पणी गर्नु र एक साधुले समाज र मानवको हितार्थ गरिरहेका कार्यहरूलाइ यस्तो सम्मको स्थानिय सरकार व्यावहार गर्नु एवं माथि उल्लेखित यावत राज्यको सम्झौता विपरितको धोकाधाडीको पराकाष्टलाइ बुद्धिजीवी वर्ग , प्रभूत्व वर्गहरू लगायत सम्पूर्ण मानव समुदायले आफैं अनुमान लगाउनुहोस सत्य कुरो के हो रु एउटा महायोगीको समाज र मानव कल्याण प्रतिको उदार कार्य र राज्यको अवरोधलाइ तपाइहरू आफै केलाउन सक्नुहुन्छ ।

नगरपालिकाका कर्मचारीहरू अनि उनिहरुको झुटो र निन्दनिय कुरालाइ यस्तो अवस्थामा ब्लाष्ट पत्रिकाले यसरी झूटो समाचार लेखी आश्रमलाई बदनाम गर्ने र सम्पूर्ण भारतबर्षका सन्त समाज,अखडा र चतः सम्प्रदायको एकमतले जगद्गुरुको पदवी दिएका महात्मालाई बिवादित धर्मगुरु भनी बदनाम गरेको कुरा निन्दनीय र खेदजनक छ।

यो समाचार निन्दनीय पित पत्रकारिताको नमूना हो तथा यो पत्रिकाको स्तरनै यसै प्रकारको भैआएको छ। यो नग्न झुट हो ।



थप सामाग्री:-

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको 'होल्डिङ् केन्द्र’मा आयुर्वेदिक पद्धतिबाट नै कोरोनाको उपचार


विदेशबाट ल्याईएका १०५ जना कामदार जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा


श्रीरामानन्दाचार्य सेवापीठ महाविपदमा साथसाथै, सम्झौता र सहकार्यमा'होल्डिङ् केन्द्र'



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.