add

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको 'होल्डिङ् केन्द्र’मा आयुर्वेदिक पद्धतिबाट नै कोरोनाको उपचार






ActPro Nepal

|

२६ जेठ, २०७७

|
1636

काठमाडौं । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।

विश्वव्यापी महाविपदको अवस्थामा विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि सेवापीठले होल्डिङ् केन्द्रको रुपमा आफ्नो भवन दिएको हो ।

श्रीरामानन्दाचार्य सेवापीठ होल्डिङ् केन्द्रमा नेपाली सेनाको उच्च सुरक्षाको साथ सेवा सुरु भएको छ । देशलाइ परेको यो महाविपदको अवस्थालाइ मध्यनजर गर्दै श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधिश्वर महायोगी सिद्धबाबाले उपलब्ध गराउनु भएको होल्डिङ् केन्द्रमा सरकारले तोकेको मापदण्डअनुसार आयुर्वेदिक पद्धतिबाट नै उपचार हुनेछ ।

सिद्धबाबा आफैमा पनि आयुर्वेदेकका विज्ञ हुन् । त्यसकै प्रभावले पनि त्यस केन्द्रमा रहेका लागि आयुर्वेदिक पद्धतिमै जोड दिन लागिएको हो ।

संकटको बेला सरकार र आम नेपाली जनताको विपदमा साथमा साथदिने पाउँदा संस्थाले गौरव महशुस गरेको आश्रम व्वस्थापन समितिले जनाएको छ ।

कोरोनाको प्रभाव नेपालमा देखिएदेखि नै आवश्यक परेको बेला श्रीरामानन्दाचार्य सेवापीठको भवन प्रयोग गर्न सिद्धबाबाले अनुरोध गर्दै आएका थिए ।

त्यसै अनुरुप प्रदेश १ सरकारले सिद्धबाबाको आश्रमलाई कोरोना अस्पताल केन्द्र बनाउने निर्णय गरेको हो । एटेज बाथरुम सहित रहेको सुविधा सम्पन्न भवन बिरामीको लागि अझ सहज हुने दाबी गरिएको छ ।

६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिमले तयारी सुरु भएको हो । साथै श्रीरामानन्दाचार्य सेवा पीठको दक्षिण तर्फ रहेको साधना हलमा नेपाली सेनाको आवाशको रुपमा प्रयोग गरिएको छ ।

कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ । त्यहाँ सुनसरी र उदयपुर तथा पहाडी क्षेत्रका संक्रमितलाई राखेर उपचार गर्ने सरकारको तयारी छ ।

जगद्गुरू श्रीरामानन्दचार्य सेवापीठले जीव जगतको कल्याण तथा राष्ट्र सेवामा समर्पित संस्था रहेको र आपद-विपदमा विभिन्न सेवा र सहयोगहरु गर्दै आइ नै रहेको छ ।

भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ् हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ आश्रम अघि बढेको छ ।


हाल आश्रममा महायोगका विधार्थी, आजीवन साधु र अन्य भक्तहरु रहदै आएका छन् । आश्रममा नियमित पूजा अनुष्ठान, ध्यान साधनाका साथै विभिन्न सेवाहरु चलिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.