काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न निर्वाचनमा सहभागि लोकतान्त्रिक समूहका २ पक्ष बीच मिलेर चुनावमा जाने सम्भावना कम देखिएको छ ।
यस पटकको निर्वाचनमा लोकतान्त्रिक समूहबाट दिलीप कुमार झा र हरि दर्लामी अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।
जसमध्ये झा नेतृत्वको समूहमा ई. सुधिर गुरागाईं, ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत लगायतका दिग्गज एवं सशक्त व्यक्तिहरु सहभागि छन् ।
यसैगरी अर्को हरि दर्लामीको प्यानलबाट नारायण अधिकारी, रविभूषण झा लगायतले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समूह बीच नै समानान्तर प्यानल बनाएर निर्वाचनमा संलग्न भएका यी दुई टीमलाई तुलना गर्दा झा नेतृत्वको टीम प्रबल रहेको र जीतको सम्भावना उच्च रहेको देखिन्छ ।
Comment