Right side from logo

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?




ActPro Nepal

240

2020 Oct 14

काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि घटेको छ ।

सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । हिजो सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला २० रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय ५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजोे छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय २५ रुपियाँमा कारोबार भएको थियो ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया