काठमाडौं– दुर्लभ वन्यजन्तु गैंडाको खाग सहित दुइ व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको कपन बस्दै आएका २२ वर्षी दिनेश थापा छन् ।
उनिहरु लाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले दुवै जनालाई गैंडाको खागसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले २५ लाख रुपैयाँमा गैंडाको खाग बिक्री गर्न लागेका थिए । खाग किन्ने ग्राहकसँग ‘बार्गेनिङ’ समेत मिलिसकेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं, हात्तीसारमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।