चीनले तीब्र गतिमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रण गर्न दुई दिनमा हजार शैंयाको अस्पताल बनाएको छ ।
यसअघि ६ दिनमा पूरा गर्ने भनेको चीनले दुई दिनमै हजार शैंयाको अस्पताल तयार गरेको हो ।
हुबेई प्रान्तको वाङ्जाउ जिल्लमा यस अस्पताल निर्माण भएको डेलीमेलले जनाएको छ । ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा यो नयाँ अस्पताल निर्माण गरिएको हो ।
अस्पतालले उपचारको काम शुरु गरिसकेको छ । कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि गत शुक्रबार मात्र चीन सरकारले ६ दिनमा हजार शैंयाको अस्पताल निर्माण गर्न निर्देशन दिएको थियो ।
शनिबारदेखि जमीन खन्ने कार्य शुरु भएकोमा सोमबारसम्म अस्पताल निर्माण सम्पन्न भएको र पानी, बिजुली तथा इन्टरनेटको पूर्ण व्यवस्था गरिएको जनाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।