काठमाडौं । पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली सशक्त बन्दै गएको मौसमविद्ले बताएका छन् । जसका कारण बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको हुने संकेत देखिएको छ ।
पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १५ गते (बुधबार)
दिउँसो स् देशको पश्चिम तथा मध्य भू-भागलगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ। पश्चिमी र मध्य भू-भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावनाछ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा भारी हिमपातको सम्भावना छ।
राति स् देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।
माघ १६ गते (बिहीबार)
दिउँसो स् देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।
राति देशको पूर्वी भागमा आंशिकदेखि सामान्यस्म बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
माघ १७ गते (शुक्रबार)
दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।
राति स् देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।