add

सोनाम ल्होसारका अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा






ActPro Nepal

|

१० माघ, २०७६

|
1076

बागमती प्रदेश सरकारले  तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।यो बिदा बागमती प्रदेशभर लागु हुने भएपनि काठमाडौं उपत्यकाको हकमा भने लागु नहुने भएको छ । तर, प्रदेश सरकार मातहातका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दामा यो बिदा लागु हुनेछ ।

केन्द्र सरकारले भने सार्वजनिक विदा दिएको छैन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ ।सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.