add

कोरिया भाषा सीप परीक्षणको नतिजा सच्याइयो,तपाईं पनि पास हुनु भयो कि ?






ActPro Nepal

|

९ माघ, २०७६

|
805

 रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत १४ मंसिरमा लिएको सीप परीक्षाको नतिजामा प्राविधिक समस्या भएको भन्दै  कोरियाली मानव संशोधन विकास सेवा विभाग एचआरडीले नतिजा सच्याएको छ । 

सन् २०२० का लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ८४ हजार ३ सय ८ जना परीक्षामा सहभागी भएका थिए । उक्त भाषा परीक्षामा १२ हजार १० जनाले उत्तीर्ण भएका थिए । तर कोरियाले कुल १० हजार ५० जना नेपाली श्रमिक लैजाने कोटा निर्धारण गरेको थियो । भाषा परीक्षामा कोटाभन्दा बढी विद्यार्थी पास भए पनि सीप परीक्षणमा भने सबै पास हुन नसकेको इपीएस कार्यालयले जनाएको छ । एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ७ सय ७३ जना मात्र उत्तीर्ण भएका थिए ।

जसमध्ये कृषि पशुपालन र निर्माण दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षणमा अनुत्तीर्ण भएका थिए ।एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए ।

एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए । माग गरेसँगै विभागका महानिर्देशक भीष्मकुमार भुषाल, इपिएस सेन्टरका निर्देशक पार्क सुङ हि, इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईको संयुक्त बैठक बसी विद्यार्थीको माग बमोजिम एचआरडीमा पत्र पठाइएको थियो ।

त्यस मागप्रति सम्बोधन गर्दै एचआरडीले गत २९ पुसमा विभागलाई दिइएको स्पष्टीकरणमा १४ मंसिरमा लिइएको सीप परीक्षाको नतिजा मात्र प्राविधिक समस्या भएको जनाएको छ । त्यस्तै, अन्य सबै नतिजा ठिक भएको भन्दै पुनः परीक्षण गरेर नयाँ नतिजा सार्वजनिक गरेको छ । पुनः परीक्षणबाट एक सय ३५ जना थप पास भएको इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । पछिल्लो नतिजा सार्वजनिक गरेसँगै २०१९ मा ६ हजार ९ सय ८ जना पास भएका छन् । जसमा ५ हजार ८ सय ५७ पुरुष र एक हजार ५१ महिला पास भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.