त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने खेलमा आज मछिन्द्र क्लव र विभागीय टोली नेपाल पुसिलबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगतामा ७ खेल खेलेको मछिन्द्रको १३ अंक छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।
लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक छ । पुलिस ३ जीत, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।