add

अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्ने लाइ कारबाही हुन्छ , नेपाल राष्ट्र बैंक






ActPro Nepal

|

२५ वैशाख, २०७७

|
1159

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थालाई कारबाही गर्ने भएको छ।

भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न नपाइने प्रावधान रहेको भए पनि केही संस्थाहरुले अनुमति नलिई यस्तो कार्य गर्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानूनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने केन्द्रीय बैंकले जनाएको छ।

त्यस्तै राष्ट्र बैंकले अनुमति प्राप्त संस्थाहरुबाट मात्र भुक्तानी कार्य गराउन सबैलाई आग्रह गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.