add

जोखिमको सङ्केतलाई सानो ठान्दा अर्बौँ जरिबाना तिर्ने बैंकको कथा






ActPro Nepal

|

११ पुष, २०८१

|
99

  • बी. एन. घर्ती

सञ्चालन जोखिमले बैंकलाई धेरै कोणबाट निर्मम रूपमा प्रहार गर्न सक्छ । यसले वित्तीय जोखिम निम्त्याउँछ। प्रतिष्ठा जोखिम बढाउँछ। अनुपालनालगायतका अनेकौँ जोखिम सँगसँगै लिएर आउँछ ।

कर्जा जोखिम लिने समयमा कति रकमको जोखिम उठाउँदै छु भन्ने थाहा हुन्छ । बजार जोखिम पनि कति रकमसम्मले असर गर्न सक्छ भन्ने आँकलन गर्न सकिन्छ। तर, सञ्चालन जोखिमले कति रकम बराबरको क्षति पु¥याउँछ भनेर किटेर भन्न सकिँदैन । त्यसले पु¥याउने प्रतिष्ठा जोखिमको पनि आँकलन गर्न सकिँदैन । त्यसैले सञ्चालन जोखिम व्यवस्थापन गर्ने कार्यलाई अति नै चुनौतीपूर्ण मानिन्छ।

बैंक सञ्चालन गर्दा थुप्रै कार्यहरू गर्नुपर्दछ । तीमध्येको एउटा कार्य हो, ग्राहक पहिचान । ग्राहक पहिचान गर्ने कार्य एक पटक गरेर पुग्दैन । यो निरन्तर रूपमा गरिने कार्य हो । सञ्चालन जोखिमका घटना धेरै कारणले घट्छन् । कर्मचारी, उच्च व्यवस्थापन, सञ्चालक, सेवा आपूर्तिकर्ता, ग्राहक आदिले सञ्चालन जोखिम ल्याउँछन्। प्रडक्ट तथा सेवा र वस्तु तथा सेवा वितरण गर्ने माध्यमका कारण पनि सञ्चालक जोखिम बढेर जान्छ । सूचना तथा प्रविधिले पनि सञ्चालन जोखिम बढाउँछ । नीति र कार्यविधिका कारण पनि सञ्चालन जोखिम निम्तिन्छ । बाह्य कारणले पनि सञ्चालन जोखिम बढाउँछ ।

ग्राहक पनि सञ्चालन जोखिमका स्रोत हुन् । त्यसैले यहाँ ग्राहकका कारण आउन सक्ने सञ्चालन जोखिमका बारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ । ग्राहकसँग सम्बन्ध स्थापना गर्दा मात्र ग्राहक पहिचान गरेर मात्र पुग्दैन । ग्राहकको कारोबार र गतिविधिबारे निरन्तर रूपमा अनुगमन गर्नुपर्दछ । आज रहेको ग्राहकको ‘प्रोफाइल’ सदैव त्यही स्थितिमा रहँदैन । परिवर्तन हुँदै जान्छ । त्यसै अनुसार ग्राहकसँग अन्तरनिहित जोखिम पनि बढ्दै र घट्दै जान्छ । त्यसैले ग्राहकसँग सम्बन्धित विवरण र पहिचान कागजात नियमित रूपमा अद्यावधिक गर्दै जानुपर्दछ । ग्राहकको कारोबार र गतिविधि शङ्कास्पद लागेमा वित्तीय जानकारी एकाइमा शङ्कास्पद प्रतिवेदनसमेत पठाउनुपर्दछ ।

नि:सन्देह नै ग्राहक नभई बैंकले व्यवसाय गर्न सक्दैन तर ग्राहकले व्यवसाय सँगसँगै जोखिम पनि लिएर आएका हुन्छन् । ग्राहकको प्रोफाइलअनुसार जोखिमको स्तर भने कम र बढी हुन सक्दछ । त्यसैले बैंकको संयन्त्रले ग्राहकको सही रूपमा पहिचान गर्न सक्नुपर्दछ ।

ग्राहकको जोखिम विवरण (रिस्क प्रोफाइल) अनुसार जोखिम वर्गीकरण गरी ग्राहक जोखिम व्यवस्थापन रणनीति बनाउनुपर्दछ । यसो गर्दा जोखिममा आधारित जोखिम व्यवस्थापन प्रणाली लागु गर्न सकिन्छ तर यो प्रणाली पनि आफैमा पूर्ण हुन्छ भन्न सकिँदैन । त्यसैले हरेक ग्राहकको व्यवस्थापनका लागि पनि रणनीति बनाउनुपर्दछ अर्थात् बढी जोखिम देखिएका ग्राहकलाई नजिकबाट निगरानी गर्ने व्यवस्था मिलाउनुपर्दछ । त्यसका लागि सोहीअनुसार थप साधन र स्रोतको व्यवस्था गर्नुपर्दछ । कम जोखिम भएका ग्राहकलाई तुलनात्मक रूपमा कम साधन र स्रोत परिचालन गर्ने गरी योजना बनाउन सकिन्छ जसले गर्दा ग्राहकका कारण निम्तिन सक्ने जोखिमलाई न्यूनीकरण गर्दै लैजान सकिन्छ ।

कमजोर जोखिम व्यवस्थापन प्रणालीले निम्त्याएको अर्वौँको जरिवाना

उच्च जोखिम भएका ग्राहक व्यवस्थापन गर्न चुक्दा डेनमार्कको एउटा बैंकले कसरी अर्वौ जरिवाना बेहोर्नुप¥यो ।त्यससम्बन्धी एउटा वास्तविक घटनाका सम्बन्धमा यहाँ चर्चा गर्न खोजिएको छ ।

डान्स्के बैंक डेनमार्कको सबैभन्दा ठूलो बैंक हो तर घटना भने उक्त बैंकको इस्टोनियामा रहेको शाखामा घटेको थियो । उक्त शाखाबाट सन् २००७ देखि २०१५ का बीचमा करिब २ खर्ब युरो बराबरको शङ्कास्पद कारोबार भएको पाइएको थियो । शङ्कास्पद कारोबार भएको रकम सामान्य र चानचुने थिएन । यस घटनालाई सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विश्वकै ठूलो घटना मानिएको छ । घटना त्यतिमै सीमित रहेन । त्यस बैंकका सञ्चालक समितिका सदस्यले मात्र होइन, प्रमुख कार्यकारी अधिकृत र अन्य उच्च पदाधिकारीले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

उक्त शाखाका सम्बन्धित कर्मचारीहरू पक्राउ परे । बैंकको प्रतिष्ठामा धक्का पुग्यो । उक्त घटनाका कारण बैंक, उच्च व्यवस्थापनका पदाधिकारी र सम्बन्धित कर्मचारीलाई कानुनी लडाइँ लड्नुपर्ने बाध्यता पनि आइलाग्यो । बैंकले इस्टोनियामा सञ्चालनमा रहेको शाखा बन्द गर्नुप¥यो । त्यति मात्र होइन, संयुक्त राज्य अमेरिकाको न्याय विभागलाई दुई अर्ब अमेरिकी डलर जरिवाना तिर्नुप¥यो । जरिवाना गरिएको रकम सुन्दा पनि आङ सिरिङ्ग हुन्छ ! झन्डै पौने ३ खर्ब रूपैंयाँ बराबरको जरिवाना एउटा बैंकलाई लगाइएको थियो !

कहाँ चुक्यो बैंक ?

डान्स्के बैंकले सन् २००७ मा इस्टोनियामा रहेको स्याम्पो बैंक खरिद ग¥यो । त्यस बैंकलाई डान्स्के बैंकले इस्टोनिया शाखाका रूपमा सञ्चालन गर्ने निर्णय ग¥यो । स्याम्पो बैंकको आफ्नै ‘कोर बैंकिङ सफ्टवेयर’ थियो । डान्स्के बैंकले त्यही ‘कोर बैंकिङ सफ्टवेयर’ मा ग्राहकको विवरण राख्ने र लेखाङ्कन गर्ने निर्णय ग¥यो । डान्स्के बैंकले स्याम्पो बैंकमा रहेको तथ्याङ्क आफ्नो बैंकको ‘कोर बैंकिङ सफ्टवेयर’ मा माइग्रेसन नगरेर नियन्त्रण प्रणाली बलियो बनाउनबाट चुक्यो ।

उक्त ‘कोर बैंकिरू सफ्टवेयर’ इस्टोनियन र रसियन भाषामा थियो । त्यसैले डेनिस र अङ्ग्रेजी दुबै भाषामा रेकर्ड नराखिएकाले डान्स्के बैंकको केन्द्रीय कार्यालयमा आउने प्रतिवेदन भाषा अनुवाद गरेपछि मात्र आउँथ्यो । त्यसले सञ्चालन जोखिम नियन्त्रण गर्न सहयोग गरेन । ग्राहक पहिचान गर्ने कार्यका लागि पर्याप्त मात्रामा संयन्त्र छ छैन भन्ने मूल्याङ्कन गर्ने कार्यमा पनि डान्स्के बैंक चुक्यो । उक्त शाखामा सम्पत्ति शुद्धीकरण विरुद्ध लड्नका लागि पर्याप्त नीतिगत व्यवस्था नभएका सम्बन्धमा पनि उक्त बैंकले पत्ता लगाउन सकेन ।

स्याम्पो बैंक खरिद गर्ने समयमा नै रसियन केन्द्रीय बैंकले डान्स्के बैंकलाई उक्त बैंकमा सम्पत्ति शुद्धीकरण विरुद्ध लड्ने संयन्त्र अपर्याप्त भएको जानकारी गराएको थियो तैपनि डान्स्के बैंकका उच्च पदस्थ कार्यकारीहरूले त्यसतर्फ पर्याप्त ध्यान दिएनन् । यसरी डान्स्के बैंक धेरै कोणबाट चुक्दै गयो । उच्च पदस्थ कार्यकारीहरूले किन त्यसतर्फ ध्यान दिएनन् भन्ने विषय चाहिँ रहस्यमय नै देखिन्छ !

जोखिमलाई सानो ठान्ने भुल 

जङ्गलको एउटा काठबाट हजारौँ÷लाखौँ सलाईको काँटी बन्न सक्छ तर त्यही एउटा सलाईको काँटीले सारा जङ्गललाई सखाप पार्न सक्छ । डान्स्के बैंकका लागि इस्टोनिया शाखाको व्यवसाय नगण्य थियो । बैंकको कर तिर्नुभन्दा अघिको कुल मुनाफामा उक्त शाखाको योगदान अत्यन्तै न्यून थियो । उदाहरणका लागि यस्तो योगदान सन् २००७ मा १.६ प्रतिशत, २०१० मा३.५ प्रतिशत र २०१३ मा ४.२ प्रतिशत मात्र थियो । त्यसैले डान्स्के बैंकले उक्त शाखामा हुन सक्ने जोखिम सानो हुने आँकलन गर्दै गयो । तर करिब ५ अर्ब डलरमा किनेको शाखाले प्रतिष्ठामा मात्र धक्का लगाएन, २ अर्ब डलर जरिवाना तिराएर शाखा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पु¥यायो । बैंकका उच्च पदस्थ कार्यकारीहरूलाई कुनै पनि जोखिमलाई सानो ठान्ने भुल गर्नुहुँदैन भन्ने महँगो पाठ पढाएर गयो डान्स्के बैंकको सञ्चालन जोखिमसम्बन्धी उक्त घटनाले !

पूर्वचेतावनीका सङ्केतको बेवास्ता

बैंकको इस्टोनिया शाखाबाट करिब दश हजार गैरआवासीय ग्राहकले कारोबार गरिरहेका थिए । यस्ता गैरआवासीय ग्राहकबाट बैंकले उल्लेख्य रूपमा मुनाफा पनि कमाएको थियो । उदाहरणका लागि कर्जा नोक्सानी गर्नुभन्दा अघिको इस्टोनिया शाखाको मुनाफामा गैरआवासीय ग्राहकको योगदान सन् २००७ मा ४९ प्रतिशत थियो । उक्त योगदान सन् २०११ मा ६९ प्रतिशत, २०१२ मा ९४ प्रतिशत र २०१३ मा ९९ प्रतिशत पुग्यो । आवासीय ग्राहकबाट भन्दा गैरआवासीय ग्राहकबाट कसरी बढी व्यवसाय बैंकलाई आइरहेको छ भन्ने विश्लेषण बैंकले गर्नुपथ्र्यो तर बैंक उक्त कार्य गर्नबाट पनि चुक्यो । गैरआवासीय ग्राहकमा बैंकको व्यवसाय केन्द्रित भएकाले अधिकेन्द्रित जोखिम आउन सक्ने सम्बन्धमा ध्यान पु¥याउन पनि बैंकले सकेन । कतै बैंकले व्यवसाय परिचालन गर्दा रणनीतिक गल्ती त गरेको छैन भन्ने सम्बन्धमा पनि अध्ययन गरेन । समग्रमा भन्नुपर्दा बैंकले पूर्व चेतावनीको सङ्केतलाई हेक्का राख्नै सकेन । त्यसले अन्ततः जोखिमको आँधीबेरी ल्याइदियो । समग्रमा भन्नुपर्दा बैंकको तीनवटै घेराको जोखिम व्यवस्थापन प्रणालीले प्रभावकारी रूपमा कार्य नगरेको देखियो ।

समस्या लुकाउँदाको मूल्य महँगो

इस्टोनिया शाखामा कार्यरत बैंकका प्रबन्धक होवार्ड विल्किन्सनले उक्त शाखामा भएको कमजोरीका बारेमा बैंकलाई जानकारी गराएका थिए । सन् २०१३ र २०१४ मा समेत गरेर बैंकको आन्तरिक लेखा परीक्षण विभाग र उच्च व्यवस्थापनसमक्ष उनले चारवटा प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनमा उनले भनेका थिए ः “सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुपालनामा बैंक चुकेको छ । गैरआवासीय ग्राहकहरूबाट रसियन मुद्रा रुवललाई इस्टोनिया शाखामा भिœयाइन्छ र त्यसलाई डलरसँग साटिन्छ । यसरी साटिएको डलरलाई बैंक अफ अमेरिका, जेपी मोग्र्यान चेज बैंक, डच बैंक आदिका माध्यमबाट न्युयोर्क पठाइन्छ । रसियाका अत्यन्तै उच्च सरकारी अधिकारीहरूसँग सम्बन्धित रकम पनि सम्पत्ति शुद्धीकरण गर्नका लागि इस्टोनिया शाखालाई दुरूपयोग गरिएको छ ।”

तर उच्च व्यवस्थापनले सुधारात्मक कदम चाल्नुका सट्टा उक्त कार्यलाई लुकाउन खोज्यो । आपूmले पहिलो प्रतिवेदन दिएको चार महिनापछि होवार्ड विल्किन्सनले बैंकबाट राजीनामा दिए । उनको कथन थियो — “गैरकानुनी कार्यलाई बढावा दिने बैंकमा कार्य गर्नुभन्दा राजीनामा दिनु बुद्धिमानी हुन्छ तैपनि सामान्य सुधारात्मक कदमबाहेक कठोर निर्णय गर्नबाट बैंक चुक्दै गयो ।”

नेपाली बैंकहरूले लिनुपर्ने शिक्षा

आ.व. २०७९।८० मा नेपालका धेरै बैंक तथा वित्तीय संस्थाले नियमनकारी निकायको कारबाही भोग्नुप¥यो । ४ वाणिज्य बैंकहरूले ५० लाख रूपैयाँका दरले नगद जरिवाना तिर्नुप¥यो । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको अनुपालना गर्न उक्त बैंकहरू चुकेका कारण राष्ट्र बैंकले उक्त जरिवाना लगाएको थियो ।

राष्ट्र बैंकले खाता रोक्का राख्न निर्देशन दिएका खाताहरूबाटै उक्त बैंकहरूले कारोबार गर्न पुगेका थिए । बैंकहरूले रोक्का गर्न भनिएका व्यक्ति तथा संस्थाको सूची तयार गर्न‘पर्दथ्यो र सम्बन्ध स्थापना गर्नु र कारोबार गर्नुअघि उक्त सूचीमा नरहेका ग्राहकसँग मात्र कारोबार गर्ने सुनिश्चिता गर्नुपर्दथ्यो तर ती बैंकहरूको आन्तरिक नियन्त्रण प्रणाली र संयन्त्रले प्रभावकारी रूपमा कार्य गर्न सकेन । फलस्वरूप रोक्का गर्नुपर्ने खाताबाट कारोबार हुन पुग्यो र ती बैंकहरूलाई राष्ट्र बैंकले जरिवाना ग¥यो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको अनुपालना गर्न चुकेका कारण विभिन्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले ५ करोडसम्म जरिवाना गर्न सक्ने निर्देशन २०७४ आषाढमै गरेको थियो । आर्थिक वर्ष २०७९।८० मै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको अनुपालना नगरेका कारण एउटा वाणिज्य बैंकलाई १० लाख रूपैयाँ जरिवाना गरेको थियो । एउटा पुरानो वाणिज्य बैंकलाई समेत सचेत गराएको थियो ।

त्यस्तै आ.व. २०८०।८१ मा एउटा वाणिज्य बैंकलाई ७० लाख रूपैयाँ जरिवाना गरेको थियो । त्यसअघि र पछि पनि केही बैंक तथा वित्तीय संस्थालाई नगद जरिवाना गर्ने र सचेत गराउने कार्य गर्दै आएको छ । धेरै नेपाली बैंकहरू एकआपसमा मर्ज भएका छन् । केही बैंकले अन्य बैंकलाई प्राप्ति गरेका छन् । सङ्ख्या नै गन्ने हो भने कुनै कुनै बैंकमा त मर्ज भएका र प्राप्ति गरेका बैंक तथा वित्तीय संस्थाको सङ्ख्या जोड्ने हो भने १५÷२० नै पुग्दछ ।

प्राप्ति गर्ने बैंकको जोखिम व्यवस्थापन गर्ने बलियो हुन सक्छ तर १५–२० बैंकलाई छोटो समयमा प्राप्ति गर्दा प्राप्ति गरिएका बैंकका शाखामा सोही किसिमको जोखिम व्यवस्थापनको संस्कृतिको पालना गराउन सकियो भनेर सुनिश्चित गर्ने कार्य अत्यन्तै चुनौतीपूर्ण हुन्छ । जोखिम त्यहीँबाट निम्तिन सक्दछ, बैंकहरूले हेक्का राख्नुपर्ने पक्ष यहीँनेर छ ।

नेपाली बैंकहरू पनि अब साना छैनन् । ग्राहक सङ्ख्या नै ४०÷५० लाखको हाराहारी भएका बैंकहरू पनि छन् । केही बैंकको वासलातको आकारले पनि ६ खर्ब रूपैयाँ नाघिसकेको वा त्यसको वरिपरि पुगिसकेको अवस्था रहेको छ ।

मर्जर वा प्राप्ति गर्दा कोर बैंकिङ सफ्टवेयरमा ग्राहकसँग सम्बन्धित विवरण र लेखासँग सम्बन्धित हिसाब नै ‘माइग्रेसन’ नगर्ने जस्ता कमजोरी नेपाली बैंकले गरेका छैनन् तर जोखिम सदैव एउटै प्रकारको हुन्छ भन्ने हुँदैन । यस लेखमा ग्राहक पहिचान गर्ने र कारोबार अनुगमन गर्ने कार्य कति महŒवपूर्ण हुन्छ भन्ने कुराका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ । बिनासन्देह भन्न सकिन्छ — बैंकहरूले सञ्चालन जोखिम व्यवस्थापनका लागि धेरै पक्षबाट नियन्त्रण प्रणालीलाई बलियो बनाउनुपर्दछ ।

नेपालमा पनि मर्जर र प्राप्तिका माध्यमबाट जोडिएका बैंकमा अनेकौं किसिमका घटना घट्दै गएका समाचार प्रकाशित हुँदै आएका छन् । कुनैमा कर्मचारी ठगी (सञ्चालन जोखिमको एउटा किसिम) सँग सम्बन्धित घटना उजागर भएका छन् । कुनैमा कर्जा प्रवाहमा भएका कमजोरीका कारण घटेका समाचार बाहिरिएका छन् । कुनै कुनैमा त कर्जा दुरूपयोगसँग सम्बन्धित मुद्दा चलेका उदाहरण पनि सुनिएका छन् ।

अहिले राष्ट्र बैंकले गरेका कारबाही र जरिवाना ठूला र कठोर होइनन् । त्यही छिमेकी देश भारतले ग्राहक पहिचानसँग सम्बन्धित कमजोरीमा करोडाँै जरिवाना गर्ने गरेको छ । त्यसैले ग्राहक पहिचान गर्ने, कारोबार र गतिविधि अनुगमन

गर्ने, शङ्कास्पद कारोबार र गतिविधि पहिचान गर्ने, प्रतिवेदन समयमै पेस गर्ने र जोखिम व्यवस्थापन गर्ने संयन्त्रलाई प्रभावकारी बनाउन सकिएमा ग्राहकका कारण आउने सञ्चालन तथा अनुपालना जोखिम न्यूनीकरण गर्न सकिन्छ र नियमनकारी निकायले गर्न सक्ने कठोर कारबाहीलाई न्यूनीकरण गर्न सकिन्छ ।

अन्त्यमा, नेपालमा डान्स्के बैंकमा घटेजस्तो ठूलो घटना घट्ने सम्भावना त न्यून देखिन्छ तर घटना नै घट्दैन भनेर भन्न सकिँदैन । नेपालका बैंकहरूको संयन्त्रले पूर्वचेतावनीका सङ्केतहरूलाई बेलैमा ध्यान दिन, कुनै पनि जोखिमको सङ्केतलाई सानो ठानेर बेवास्ता नगर्न तथा सञ्चालन जोखिम नियन्त्रण प्रणाली थप बलियो बनाउन आवश्यक देखिन्छ ।

(बी. एन. घर्ती बैंकिङ विज्ञ हुन् । उनको यो लेख नेपाल बैंक लिमिटेड, वार्षिकोत्सव विशेषाड्ढ, २०८१ बाट साभार गरिएको हो ।)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.