add

कर्मचारीभित्र राजनीतिक दलका ट्रेड युनियन खारेज गर्न सहमत भए कांग्रेस–एमाले






ActPro Nepal

|

११ पुष, २०८१

|
169

काठमाडौं । निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन्। 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको दफाबार छलफलका क्रममा दुवै दलले निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन खराख्न समहति जनाएका छन्।

बिहीबारको छलफलमा दुवै छलफलका प्रमुखले निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन राख्न नहुने बताए। 

बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ट्रेड युनियन पार्टीगत हुन नहुने बताउँदै यो पार्टीकै आधिकारिक धारणा भएको बताए। 

यस्तै, एमाले मुख्य सचेतक महेश बर्तौलाले निजामित कर्मचारीमा एउटा मात्रै आधिकारिक ट्रेड युनियन रहन सक्ने प्रावधान राख्ने प्रस्ताव गरे।

प्रस्तावित संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा भएजस्तै राष्ट्रियस्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ ।

विसं २०६४ सालमा निजामती एनेको दोस्रो संधोधनपछि ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको थियो। ऐनको दोस्रो संशोधनलगत्तै विभिन्न आठ वटा राष्ट्रियस्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।

तर कांग्रेस–एमालेका प्रमुख सचेतक र मुख्य सचेतकले नै निजामती कर्मचारीमा अब एउटा मात्रै ट्रेड युनियन रहन सक्नेगरी ऐन निर्माण गर्नुपर्ने प्रस्ताव गरेपछि निजामती विधेयक सहजै अगाडि बढ्ने देखिएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.