add

आइतबारबाट धितोपत्र बजार खुल्ने






ActPro Nepal

|

२५ वैशाख, २०७७

|
930

काठमाडौं । सरकारले लकडाउन अवधि जेठ ५ गतेसम्म बढाएपनि अहिलेको भन्दा केही खुकुलो बनाउने निर्णयसँगै आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बिमा, धितोपत्र, सहकारी संस्थाहरुमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको हो।

कारोबार गर्न एक तिहाइ कर्मचारी मात्रै राख्नु पर्ने भएकोले त्यसको लागि भने कति समय खोल्ने भन्ने तय नभएको नेप्सेले जनाएको छ ।

यस अघि नै नेप्सेले ब्रोकर कम्पनी,सिडिएससि र सरोकारवालाहरू सँगको छलफल पछि बजार खोल्न सकिने भन्दै बोर्डलाई पत्र लेखेको थियो। तर बोर्डले अझै पत्रको उत्तर भने दिएको छैन।

पत्रमा बजार सञ्चालनको समय दुई घण्टामा सीमित गर्ने, अनलाइन कारोबार मात्रै सञ्चालन गर्ने, प्रत्येक ब्रोकर कम्पनीलाई पाँच वटा पासको व्यवस्था गर्ने लगायत उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.