add

जेष्ठ मसान्तसम्म बीमा शुल्क संकलन नगर्न विमा समितिको निर्देशन






ActPro Nepal

|

२१ वैशाख, २०७७

|
1179

काठमाडौं । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ ।

अर्थमन्त्रालयको निर्देशनपछि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् ।

यसअघि चैत २० गते जारी भएका विषयहरुमा संसोधन सहित आज नयाँ निर्देशन जारी गरिएको हो ।

साथै उक्त निर्देशनमा कोरोना संक्रमणका कारण सिर्जना भएको विषम परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेख नबिकरण गर्ने व्यवस्थालाई लकडाउन सकिएको मितिले १५ दिनसम्म कायम गर्न व्यवस्था मिलाउने उल्लेख छ ।

२०७६ चैत र २०७७ बैशाख महिनामा नबीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नबीकरणको म्याद असार मसान्तसम्म थप गरी सो बापत जरिवाना नलाग्ने व्यवस्था पनि समितिको नयाँ निर्देशनमा उल्लेख छ ।

यस्तै, बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको लिखित अनुरोध-(विद्युती माध्यमबाट प्राप्त समेत)का आधारमा बिमालेख नवीकरण गर्ने व्यवस्थालाई लकडाउन अवधि सकिएको १५ दिनसम्म कायम गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।

निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिन समेत भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.