add

लकडाउनमै डेढ अर्बको औषधि सहित पौने चार अर्बको अत्यावश्यक सामान भित्रियो






ActPro Nepal

|

२१ वैशाख, २०७७

|
967

काठमाडौं । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनमा अतिआवश्यक बस्तु खाद्यान्न लगायत औषधिजन्य वस्तुको आपूर्ति रोकिएको छैन् ।

लकडाउनमा राजस्व असुली प्रभावित भए तापनि लकडाउनको समयमा करीब पौने चार अर्बको अतिआवश्यक सामान आयात भएको छ ।  

वीरगंज भन्सार विभागको तथ्यांक अनुसार नुसार २४ मार्चदेखि २९ अप्रिल अर्थात् ३५ दिनमा सबैभन्दा बढी एलपिजी ग्यास, त्यसपछि औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु, गोलभेंडा, फलफूललगायतका सामान भित्रिएका हुन् ।

वीरगंज भन्सार नाकाबाट भारतको विभिन्न राज्य हुँदै १ अर्ब ७८ करोड ३२ लाख २६ हजार मूल्य बराबरको २२ हजार ६७७ टन एलपिजी ग्यास आयात भएको छ भने १ अर्ब ४५ करोड ३७ लाख २७ हजार मूल्य बराबरको ६६ टन औषधि आयात भएको छ ।

त्यसैगरी, ४० करोड ११ लाख ६६ हजार मूल्य बराबरको ९ हजार ६ सय ४४ किलोलिटर डिजेल आयात भएको छ । १२ करोड ५४ लाख ६७ हजार मूल्य बराबरको पेट्रोल वीरगंज नाकाबाट भित्रिएको वीरगंज भन्सारले जनाएको छ ।

लकडाउनमा पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी एलपिजी ग्यासको खपत भइरहेकोले एलपिजी ग्यास बुलेट बढी आयात भएको र डिजेल पट्रोलको खपत कम भएकोले ती सामानहरु कम आयात भएको वीरगंज भन्सारको तथ्यांक छ ।

त्यसैगरी, ४ करोड ३ लाख ८५ हजार मूल्य बराबरको १ लाख ७१ हजार ७ सय किलो आलु, १ करोड १७ लाख मूल्य बराबरको ८ लाख ६१ हजार किलो गोलभेंडा, ३ करोड ५७ लाख मूल्य बराबरको ५२ हजार किलो प्याज र अन्य तरकारी २ करोड ६८ लाख बराबरको १० लाख ६७ हजार किलो भित्रिएको छ ।

केरा, खरबुजा, अङ्गुर, स्याउ, मेवा र अन्य गरी करीब ८ करोडको फलफूल आयात भएको भन्सारले जनाएको छ । तरकारीको आयातमा भन्सार महसूल शून्य, ५ प्रतिशत कृषि सुधार र ५ प्रतिशत अग्रिम आयकर लाग्छ भने औषधिमा ५ प्रतिशत भन्सार महसूल मात्र लाग्ने गरेको छ ।

त्यसैगरी, एलपिजी ग्यासमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको नियम रहे तापनि सरकारले १० प्रतिशत अनुदान दिने गरेको छ । त्यसैगरी, डिजलमा २ हजार रुपैयाँ प्रतिकिलो लिटर भन्सार महसूल, २ रुपैया प्रतिलिटर सडक सम्भार दस्तुर र ५ रुपैयाँ प्रतिलिटर पूर्वाधार विकास कर लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।

पेट्रोलमा १५ हजार २ सय प्रति किलो लिटर भन्सार महसुल, १३ प्रतिशत भ्याट, प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर र  २ रुपैयाँ सडक सम्भार दस्तुर लाग्ने गरेको जनाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.