add

लकडाउन अवधिभर पैसा सकिएपनि इन्टरनेट नकाटिने






ActPro Nepal

|

५ वैशाख, २०७७

|
1161

काठमाडौं। लक डाउन अवधिभर इन्टरनेट सेवाग्राहीले 'भोलुम प्याक' सकिएपनि निरन्तर सेवा लिन पाउने भएका छन्।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसंचार प्राधिकरणले निरन्तर सेवा दिन निर्देशन दिएको हो।

कोभिड-१९ बाट प्रभावित भई लकडाउनका कारण सेवाग्राहीलाई इन्टरनेट सेवा लिएवापतको रकम भुक्तानी गर्न असहज भएको बताउँदै नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई सेवामा रोक नलगाउन भनेको छ।

विभीन्न इन्टरनेट सेवाप्रदायक कम्पनीका सेवाग्राहीबाट पैसा भुक्तानी गर्न नसक्दा सेवा अवरुद्ध भएको गुनासो आएकपछि प्राधिकरणले यो निर्देशन जारी गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

‘सर्वसाधरणमा इन्टरनेट एउटा अत्यावश्यक सेवाको रुपमा आइसकेको छ। बन्दाबन्दी ‘लकडाउन’को अवस्थामा कतिपय सेवाग्राहीले समयमा महशुल तिर्न नसक्दा सेवा रद्ध भएको गुनासो आएपछि हामीले यो निर्देशन जारी गरेका हौँ।‘-प्रवक्ता अर्यालले भने।

प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा अनलाइन पेमेन्टमार्फत महशुल भुक्तानी गर्न नसक्ने सेवाग्राहीका लागि यो निर्देशन लागू हुनेछ।

सेवा प्रदायक कम्पनीहरुले शुक्रबार जारी गरेको निर्देशन पालना नगरे प्राधिकरणको ऐन २०५३, दफा ४७ बमोजिम पाँच लाखसम्मको जरीवाना र क्षतिपूर्तिको सजाय दिइने प्राधिकरणले जनाएको छ।     


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.