add

एसियाको आर्थिक वृद्धिदर पहिलोपटक शून्यमा आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण






ActPro Nepal

|

४ वैशाख, २०७७

|
675

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष एसियाली देशको विकासमा ठूलो असर पर्ने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको महामारीले एसियाली अर्थतन्त्रमा ६० वर्षयता पहिलो पटक विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो ।

सन् २००८ को वित्तीय संकटयता यता एसियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको मा घटेर १ दशमलव ३ प्रतिशतभन्दा पनि कम हुनेछ । महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण आईएमएफले गरेको हो । तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ ।

यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर आउने अनुमान गरेको छ । यो अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधारको लागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने आईएमएफले जनाएको छ ।

कोरोना भाइरसका कारण सन् २०२० र २०२१ मा गरी विश्व अर्थव्यवस्थाले ९ ट्रिलियन डलर नोक्सानी बेहोर्नुपर्ने कोषको अनुमान छ । विश्व बैंकले दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको चेतावनी दिएको एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.