काठमाडौं । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ८ लाख ६५ हजार १ सय रुपैयाँ जम्मा भएको छ।
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।
मंगलबार हिमालय एयरलाइन्सले १ कारोड जम्मा गरेको छ। त्यस्तै सनलाईफ इन्सोरेन्सले ३० लाख १ हजार रुपैया कोषमा जम्मा गरेको छ।
नेशनल माइक्रो फाइनानान्सले १० लाख रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
कोषमा १ लाख भन्दा कम रकम जम्मा गर्ने र नाम नखुलेका विभिन्न व्यक्तिहरुले १ करोड ३८ लाख रकम जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो
*युटुब च्यानल पनि हेर्नु होला।