add

लकडाउनमै आयो ५६ करोड ९७ लाखको औषधि






ActPro Nepal

|

१ वैशाख, २०७७

|
929

काठमाडौं । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनमा खाद्यान्न लगायत औषधिजन्य वस्तुको आपूर्ति रोकिएको छैन् ।

भन्सार विभागको तथ्यांक अनुसार सरकारले लकडाउन गरेयता १७ दिनको अवधिमा ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको औषधि आयात भएको छ ।

औषधिका लागि चाहिने कच्चापदार्थ १० करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारत सरकारले भारतमा बढ्दै गएको कोरोना संक्रमणलाई लक्षित गरी दर्जनौँ प्रकारका औषधिको निर्यातमा रोक लगाएको थियो।

जसको कारण बन्देजमा परेका औषधिहरु सीमा पारी नै होल्ड भएका थिए भने बाँकी औषधि धमाधम नेपाल भित्रिएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेपछि भारतले विश्वका धेरै मुलुकमा औषधि निर्यातलाई फुकुवा गरेको छ ।

वार्षिक ३० अर्बको औषधि आयात

नेपालमा वार्षिक ३० अर्बभन्दा धेरैको औषधि आयात हुने गरेको छ । तथ्यांक अनुसार सन् २०१९ मा ३० अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको औषधि आयात भएको थियो ।

नेपालमा औषधि आयातको मात्रा वार्षिक बढ्दो क्रममा छ । नेपालमा सन् २०१७ मा २४ अर्ब १८ करोडभन्दा धेरैको औषधि आयात भएको थियो ।

त्यस्तै, सन् २०१८ मा २७ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो । औषधि आयातको मात्रा बढ्दो क्रममा छ ।

आयात हुने औषधिहरुमा करिब १५ हजार भन्दा बढी ब्राण्डका सिटामोल देखि लाइफ सेभिङ ड्रगसम्म छन् । नेपालमा भारतका साथै स्वीजरल्याण्ड, बेलायत, बेल्जियम जस्ता देशबाट पनि अर्बो रकमको औषधि आयात हुने गरेको छ ।

यी चार देश बाहेक चीन, बङ्गलादेश, नेदरल्याण्ड, अमेरिका, जर्मनीबाट पनि वार्षिक करोडौं रकमको औषधि आयात हुने गरेको छ ।

केन्द्रको तथ्यांक अनुसार सन् २०१९ मा स्वीजरल्यान्डबाट १ अर्ब ६९ करोड, बेलायतबाट १ अर्ब ११ करोड, बेल्जियमबाट १ अर्ब १० करोड, चीनबाट ३८ करोडको, बंगलादेशबाट ३४ करोड, नेदरल्याण्डबाट ३० करोड, अमेरिकाबाट २६ करोड, जर्मनीबाट २३ करोड र अन्य विभिन्न देशबाट १ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.