add

एनसेलले तिर्‍यो २३ अर्ब ४३ करोड सेयर स्वामित्व खरिद बिक्री वापतको लाभकर ,करको दायित्व पूरा






ActPro Nepal

|

३० चैत, २०७६

|
1827

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर तिरेको छ ।

आइतवार एनसेलले १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएसँगै २३ अर्ब ४३ करोड पुँजीगत लाभकर चुक्त गरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएपछि २०७२ सालदेखिको यस प्रकरणको अन्त्य भएको अधिकारीले बताए । दुई साताअघि दोस्रो किस्ता बापत् चार अर्ब ६० करोड बुझाएको एनसेलले आइतवार बाँकी सबै रकम बुझाएको हो। यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व सकिएको छ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो । एनसेलले सुरुमा अग्रिम लाभकर बापत् कूल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो।

यो विवादमा सर्वोच्च अदालतले फैसला दिएपछि एनसेलको सेयर कारोबारमा भएको लाभमा बाँकीको १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु भएको थियो। सर्वोच्चको फैसला लगत्तै एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो।

त्यतिबेला एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो। दोस्रो किस्ता बापत् ४ अर्ब ६० करोड बुझाएको थियो। अन्तिम किस्तामा १४ अर्ब ३३ करोड बुझाएको हो। एनसेलले पुँजीगत लाभकर बापत् २३ अर्ब १६ करोड रुपैयाँ सरकारलाई बुझाइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.