add

क्वारेन्टाईन र आईसोलेसनबीचको फरक के ?






ActPro Nepal

|

३० फागुन, २०७६

|
2532

काठमाडौं । आईसोलेसन भन्नाले कुनै पनि कोरोना संक्रमित व्यक्तिलाई राखेर उपचार गरिने स्थान हो ।

उक्त व्यक्तिले अन्य कुनै पनि व्यक्तिलाई भाईरस नसारी निको हुनको लागि आईसोलेसनमा राखिन्छ ।

कसैलाई पनि क्वारेन्टाईनमा राखिन्छ भने यसको मतलब उ कोरोना भाईरसबाट संक्रमित भएको भन्ने होइन ।

क्वारेन्टाईन भनेको यस्तो ठाउँ वा अवस्था हो, जहाँ कुनै पनि रोग भएको आशंका अर्थात पुष्टि नभएको अवस्थामा मानिस वा जनावरलाई राखिन्छ ।

क्वारेन्टाईनमा रोग पुष्टि नभएको तर संक्रमण रोगको आशंकमा भएका मानिसहरुको हिँडडुल प्रतिबन्ध गर्नको लागि राखिन्छ ।

फ्लु जस्तो लक्षण देखाएकाहरुलाई सामान्यत १४ दिनसम्म क्वारेन्टाईनमा बस्न भनिन्छ । कोरोना संक्रमण भइसकेपछि लक्षण देखिन १४ दिनसम्म लाग्ने विशेषज्ञहरु बताउँछन् ।

सरकारले चीनबाट उद्धार गरेका विद्यार्थीलाई १४ दिन क्वारेन्टाईनमा राख्यो । उनीहरु कसैमा पनि कोरोन भएको पुष्टि नभएको र चीनबाट आएका कारण शंकाको आधारमा क्वारेन्टाईनमा राखिएको हो ।

तर, जनमानसमा कोरोनाको शंका लागेकालाई सरकारले नै उद्धार गरी सुरक्षा दिनुपर्छ भन्ने एक प्रकारको भ्रम परेको छ ।

क्वारेन्टाईनमा बस्नु भन्नाले तपाई आफ्नो परिवारको सदस्य र भाँडामा सँगै बसेका साथीसँग नबस्नु भन्ने पनि होइन । एउटै घरमा बेग्लै कोठामा बेग्लै सामान प्रयोग गरेर पनि कोरोना शंका लागेका व्यक्ति बस्न सकिन्छ ।

क्वारेन्टाईनमा बस्नु भनेको सकेसम्म अत्यावश्यक व्यक्तिहरुसँग मात्र भेट्ने, मास्क प्रयोग गर्ने, आफ्नो सामानहरुको प्रयोग आफै मात्र गर्ने, घरमा प्रत्यक्ष सम्पर्कमा आउने सामाग्रीहरुलाई सफा राख्ने भन्ने हो ।

क्वारेन्टाईनले जिवनशैलीमा ल्याउने सबैभन्दा ठुलो परिवर्तन भनेको यसले हिँडडुललाई बन्द गर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.