काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एन टाइम अट्याक स्पेकले ‘अट्याक सुकुबा २०२५’ मोटरस्पोर्ट प्रतियोगितामा नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो विद्युतीय सवारीसाधन (ईभी) बन्न सफल भएको छ ।
जापानको इबाराकी प्रिफेक्चरस्थित प्रसिद्ध सुकुबा सर्किटमा फेब्रुअरी १५ मा आयोजित यो प्रतियोगिता ईभी प्रदर्शनको लागि चुनौतीपूर्ण मानिन्छ ।
हुन्डाई एनले यस प्रतियोगितामा आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेल प्रवेश गराएको थियो, जसलाई जापानी पेशेवर चालक नोबुतेरु तानिगुचीले ड्राइभ गरेका थिए ।
तानिगुचीले भने, ‘अट्याक सुकुबा २०२५ मा हुन्डाई आयोनिक फाइभ एन टाइम अट्याक स्पेक ड्राइभ गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो । यसले मेरो अघिल्लो ईभी कीर्तिमानलाई तोड्न मद्दत गर्यो । आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेलको ब्रेकिङ क्षमता उत्कृष्ट छ, कारको नियन्त्रण अति नै राम्रो छ ।’
आयोनिक फाइभ एन टाइम अट्याक स्पेक जुन आयोनिक फाइभ एनको मोटरस्पोर्ट संस्करण हो, यसअघि नै धेरै सफलता प्राप्त गरिसकेको छ । यो कारले २०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब (पीपीआईएचसी) मा परिमार्जित उत्पादन श्रेणीको इलेक्ट्रिक एसयूभी कोटामा विजयी हुँदै नयाँ कीर्तिमान बनाएको थियो ।
यो गाडी मुख्य रूपमा उत्पादन–श्रेणीको आयोनिक फाइभ एनकै विशेषताहरू प्रदर्शन गर्न डिजाइन गरिएको हो । यसको उच्च–प्रदर्शन पावर इलेक्ट्रोनिक्स (पीई) प्रणाली यथावत राखिएको छ, तर सफ्टवेयर ट्युनिङमार्फत यसको अधिकतम शक्ति ६८७ पीएससम्म बढाइएको छ ।
यो सफलता हुन्डाईको विद्युतीय सवारी प्रविधिमा भएको प्रगतिको संकेत हो । हुन्डाई मोबिलिटी जापानले हालै जापानी बजारमा इन्स्टर इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै आफ्नो ईभी पोर्टफोलियो विस्तार गरेको छ ।
हुन्डाई मोबिलिटी जापानले हालै आयोनिक फाइभ एन डीके इडिसन नामक नयाँ शो–कार प्रदर्शन गर्यो । यो कार जापानी अटोमोबाइल कम्पनी अटोबाक्स सेभेन र जापानी रेसिङ दिग्गज केइचि त्सुचियासँगको सहकार्यमा विकसित गरिएको हो ।
हुन्डाई एनले डीके इडिसनको एन परफर्मेन्स पाट्र्स बजारमा ल्याउने योजना बनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।