काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०८१ को अवसरमा रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले आकर्षक नगद पुरस्कार, विशेष छुट तथा अनबिटेबल डिल प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार, ‘यो स्किम यामाहा मोटरसाइकल र स्कूटरहरूको रोमाञ्चकता, स्टाइल र उत्कृष्ट पर्फर्मेन्सको उत्सव मनाउने अवसर हो । जोशिलो राइडर, ट्रेन्डसेटर वा पर्फर्मेन्स मन पराउने ग्राहकहरूलाई लक्षित गरी ‘थ्रिल अफ थ्री’ अफर सार्वजनिक गरिएको हो ।’
यस स्किम अन्तर्गत, यामाहाको नयाँ वर्ष स्किम ‘थ्रिल अफ थ्री’ को विज्ञापन सामाजिक सञ्जालमा सेयर गर्दा तत्काल एक हजार रुपैयाँ ग्राहकले जित्न सक्नेछन् । साथै, ग्राहकले नजिकैको यामाहा डिलरशिपमा गएर आफूले सेयर गरेको स्क्रिनसट देखाएमा पाँच हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, अफरको अवधिमा यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूले एक लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
नगद पुरस्कारका अतिरिक्त ग्राहकहरूलाई मोटरसाइकल तथा स्कूटर खरिद सहज बनाउने उद्देश्यले स्पट एक्सचेन्ज, इजी फाइनान्स तथा शून्य प्रतिशत ब्याजदरमा ईएमआई जस्ता अफर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
नेपालमा बलियो उपस्थिति रहेको यामाहा विश्वस्तरीय उत्पादन, उत्कृष्ट पर्फर्मेन्स र अत्याधुनिक प्रविधिसहित उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने अग्रणी दुई पाङ्ग्रे ब्रान्डको रूपमा परिचित छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।