काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएस आएपछि मात्रै कार्यालयमा लिन आउन भनेको छ ।
कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै सेवाग्राहीलाई यस्तो आग्रह गरेको हो । हाल केही सेवाग्राही एमसएमएस नआई पनि कार्यालयमा लाइसेन्स बारे बुझ्न आउने गरेको भन्दै विभागले एसएमएस प्राप्त भएपछि मात्र आउन भनेको हो ।
लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको बताएको छ । यी माध्यमबाट सूचना तथा जानकारी लिएर मात्र सम्बन्धित यातायात कार्यालय जान विभागले आग्रह गरेको हो ।
अहिले लाइसेन्स अनुमतिपत्र जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश कार्यालयसँग भए पनि लाइसेन्स छपाइको काम भने विभाले नै गर्दै आएको छ । जसकारण लाखौं लाइसेन्स छाप्न बाँकी छ भने लाइसेन्स पाउन वर्षदिनसम्म कुनुपर्ने बाध्यता छ ।
विभागले प्रदेश सरकार मातहत कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले परीक्षा उत्तीर्ण गरेपछि त्यसको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा आबद्धता समेत हुने गरेको जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।