add

सिजी मोटर्सले सबैभन्दा ठूलो चार्जिङ नेटवर्कमार्फत ईभीको पूर्वाधारलाई थप मजबुत बनाउँदै






ActPro Nepal

|

६ फागुन, २०८१

|
59

काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउने भएको छ ।

२४८ बढी जीबीटी र २४ भन्दा बढी सीसीएस्–२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक र सहज बनाउने भएको हो ।

चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ । व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर सीजी मोटर्सले रेन्ज एंग्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको छ ।

प्रमुख शहरहरूमा होस् वा मुख्य राजमार्गहरूमा, सीजी मोटर्सका चार्जिङ स्टेसनहरूले ईभी चालकहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाएका छन् ।

ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सुरु गर्ने योजना बनाएको छ । यस एपबाट २४÷७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बरः +९७७ ९७०७०९४२०७), सर्भिस,पाट्र्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजी संग सम्बन्धित जानकारी लिन सकिनेछ ।

नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।

नेपालको २४८ बढी स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.