add

घटस्थापनादेखि देशभर रुट परमिट खुला, नारायणघाट-काठमाडौ सडकमा ठूला गाडी प्रतिबन्ध






ActPro Nepal

|

९ असोज, २०८१

|
103

काठमाडौं । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।

असोज ८ गते बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायत सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार दशैंको समयमा हुने यात्रुको चापलाई मध्येनजर गर्दै देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने छ । यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।

यस्तै, विभागले असोज १७ देखि कात्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

विभागका अनुसार खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलर लगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.