काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहित उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ।
पत्रकार श्रेष्ठका तर्फबाट दर्ता बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार आदेश जारी गर्दै भदौ १ गते सोमबार विपक्षीलाई बन्दी र उनका बरामद सामानसहित अदालतमा उपस्थति हुन भनेको हो।
‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित मिति २०८३।५।१ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक-एकप्रति नक्कलसमेत साथै राखी त्रिपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला’, आदेशमा भनिएको छ, ‘साथै उक्त मिति २०८३।५।१ गतेका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी निज बन्दीका विरुद्ध पेस भएको जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिई उपस्थित हुनुहोला।’





Comment