काठमाडौं । टाटा ब्राण्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा महालक्ष्मी विकास बैंक र जे.बी.अटोमोटिभ कम्पनी प्रालिबीच समझदारी भएको छ ।
महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी. अटोमोटिभबीच हाले समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने जनाइएको छ।
कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको ‘क्युआर कोड’ स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
बैंकले गत वर्ष पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रूपमा ल्याउन प्रस्ताव समेत पारित गरेको जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।