add

चार पाङ्ग्रे सवारी खरिदमा प्यान नम्बर अनिवार्य






ActPro Nepal

|

३० भदौ, २०७९

|
453

काठमाडौं । अब चारपांग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान नं.) अनिवार्य पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

‘चारपांग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र विक्रेताले उक्त स्थायी लेखा नम्बर विक्री बिजकमा उल्लेख गर्नुपर्ने सम्पूर्ण सबैलाई जानकारी गराउँदछौं,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । यसअघि चारपाँग्रे सवारी साधन खरिदका लागि प्यान नम्बर अनिवार्य थिएन् ।

यस्तै, विभागले पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वय गर्न भनेको छ ।

चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.