add

यी हुन् बजारमा पाइने २ लाखभन्दा कम मूल्यका टिभिएसका बाइक र स्कुटर






ActPro Nepal

|

२१ पुष, २०७८

|
612

काठमाडौं । सरकारले मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ ।

मोटरसाइकल अहिले आम मानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि ।

हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ ।

हाल बजारमा टिभिएसको अपाचे र एनटर्कका मोडल निकै रुचाइएको छ। नेपालको लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो।

बजारमा टिभिएसका स्कुटर १ लाख १९ हजार ९ सय रुपैयाँदेखि २ लाख ८९ हजार ९ सय रुपैयाँसम्मका छन्।

त्यस्तै, बाइक १ लाख ९६ हजार ९ सय रुपैयाँदेखि ७ लाख ९९ हजार ९ सय रुपैयाँसम्मका रहेको कम्पनीले बताएको छ।

नेपाली बजारमा यस्ता मोटरसाइकल पनि उपलब्ध छन् जसको मूल्य २ लाख भन्दा पनि कम छ । अझ यी मोटरसाइकलको मुख्य आकर्षण भनेको माइलेज नै हो ।

कम सीसीका मोटरसाइकल विषेश गरेर समथर जमिन भएको तराई क्षेत्रमा धेरै विक्री हुने गरेको पाइन्छ ।

यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका छन् ।

त्यस्तै राम्रो पर्फमेन्स सहितको अत्याधिक माइलेज दिने, टिकाउ र २ लाख भन्दा कम मूल्यका केही लोकप्रिय मोटरसाइकल यस प्रकार छन् ।

टिभिएसको सबैभन्दा मंहगो मोटरसाइकल हो ३१० सिसीको आरआर ३१० जसको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

दुई लाखभन्दा कम मूल्यमा पाइने मोटरसाइकल रहेको छ । मोटरसाइकल स्ट्राइकर १२५ जसको मूल्य १ लाख ९६ हजार ९०० रुपैया तोकिएको छ। उक्त मोटरसाइकल १२५ सिसीको रहेको छ ।

टिभिएसको ११० सिसीको रेडन ११० मोटरसाइकल १ लाख ९० हजार ९०० रुपैया तोकिएको छ । तीनवटा स्कुटरको मूल्य पनि २ लाखभन्दा कम मूल्यमा पाइनेछ ।

स्कुटर ड्याज ११० सिसीको स्कुटरको मुल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

जेस्ट ११० सिसीको मूल्य १ लाख ७८ हजार ९०० तोकिएको छ । १०० सिसीको एक्सआई १०० को मूल्य १ लाख १५ हजार ९०० तोकिएको छ । ग्राककले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त मोटरसाइकल तथा स्कुटर रोज्न सक्छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.