add

महिन्द्राको सर्भिस सेन्टर बाराको जितपुर सिमरामा






ActPro Nepal

|

५ फागुन, २०७७

|
743

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स  प्रालिले बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ ।

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहअन्तर्गतको उक्त कम्पनीले ‘सिमरा अटो जोन’ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

सर्भिस सेन्टरको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा मंगलबार उदघाटन गरेका छन् । कार्यक्रमा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिको उपस्थिति थियो ।

बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रमा ग्राहकलाई अधिकतम सन्तुष्टि दिन र गुणस्तरीय सेवा दिन कम्पनी बढी केन्द्रित रहँदै आएको जनाएको छ ।

यो सर्भिस सेन्टरले आफ्ना ग्राहकलाई महिन्द्रा अटो मोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने जनाएको छ ।

सिमरा अटो जोन, जीतपुर सीमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीले महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्न सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.