काठमाडौं–अघिल्लो दिनको तुलनामा बुधबार पनि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
सोमबार ८० हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँ घटेर ८० हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन प्रति तोलामा ५ सय रुपैयाँ घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
बुधबार तेजावी सुन प्रतितोला ७९ हजार २०० मा कारोबार भइरहेको छ ।
त्यस्तै,चाँदी भने मङगलवारको तुलनामा २० रुपैयाले घटेर ९ सय ५ रुपैयामा कारोबार भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।