add

यामाहाका स्कुटर किस्तामा किन्नेले व्याज तिर्नु नपर्ने






ActPro Nepal

|

१ फागुन, २०७६

|
1285

काठमाडौं-यामाहाको लागि नेपालको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना स्कुटर खरिदमा व्याज नलाग्ने अफर योजना ल्याएको छ ।

कम्पनीले आफ्ना चर्चित स्कुटर फेसिनो र रे जेडआर स्कुटर किन्न चाहने ग्राहकले ४० देखि ५० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर बाँकी रकम बिना व्याजमा कर्जा लिएर खरिद गर्न सक्ने  जनाएको छ । 

यामाहाका स्कुटर किन्न चाहने ग्राहकले यामाहाको आधिकारीक शोरुमबाट यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

अहिले कम्पनीले बिक्री वितरण गर्दै आएको फेसिनो र रे जेडआरका बिभिन्न भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले फेसिनो-यूएसबीको मूल्य २ लाख १२ हजार ९०० रुपैयाँ तोकेको छ भने रे जेड(यूएसबीको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी रे जेडआर डिस्कको मूल्य २ लाख १० हजार ९००, रे जेडआर ड्रमको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएको सबैभन्दा महंगो मोडलको मूल्य २ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.