add

अब अनलाइनबाटै ‘एनओसी’ प्रिन्ट गर्न सकिने, यस्तो छ तरिका






ActPro Nepal

|

२ जेठ, २०८०

|
346

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनमार्फत नै लिन सकिनेछ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै क्युआरसहितको एनओसी डाउनलोड गर्न सकिने व्यवस्था गरेको हो ।

एनओसी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा एनओसी घरबाटै लिन सक्ने व्यवस्थाको सुरूवात गरिएको छ ।

यससँगै अब एनओसी ल्याउन सानोठिमी जानुपर्ने छैन्, लामो लाइन लाग्नुपर्ने छैन् । घरमै बसेर एनओसी डाउनलोड गर्न सकिने छ ।

एनओसी डाउनलोड गर्न सुरूमा निवेदकले एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्नेछ । उक्त निवेदन स्वीकृत भएपछि तोकिएको शुल्क बैंक वा अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

शुल्क भुक्तानी भएपछि निवेदकले क्युआर कोडसहितको एनओसी डाउनलोड गरेर प्रिन्ट गर्न सक्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.