add

अनुमति बिना विद्यालयमा बाह्य व्यक्तिलाई प्रवेश नगराउन महानगरको परिपत्र






ActPro Nepal

|

२० पुष, २०७९

|
823

काठमाडौ ।  काठमाडौं महानगरपालिकाले बिना अनुमति विद्यालयमा कसैलाई पनि प्रवेश नगराउन आग्रह गरेको छ। 

विद्यालयलाई परिपत्र जारी गर्दै महानगरको शिक्षा विभागले काठमाडौं महानगर अन्तर्गत सञ्चालित विद्यालयहरूमा विभिन्न धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, गेष्ट लेक्चर, चन्दा आदिका नाममा विद्यालय तथा शिक्षक विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग माग्ने कसैलाई पनि प्रवेश नदिन निर्देशन दिएको हो। 

शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने एवम् विद्यार्थीलाई अवान्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप हुने गरेको र यसबाट ‘विद्यालय शान्ति क्षेत्र’ को मान्यतामा उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यार्थी, अभिभावक तथा विद्यालयबाट बारम्बार आउने गरेको पनि महानगरले भनेको छ। 

'विद्यालयहरूले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्व स्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउनु हुन र कसैलाई आमन्त्रण गर्ने पर्ने भएमा यस विभागलाई पूर्व जानकारी गराएर मात्र प्रवेश गराउनु हुन अनुरोध गरिन्छ,' विभागले जारी गरेको परिपत्रमा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.